सस्थापक अध्यक्ष अलीमाथीको आक्रमण र लुटपाटको घटनाप्रति महासंघको आपत्ती


बाँके । नेपाल पत्रकार महासंघ बाँके शाखाका सस्थापक अध्यक्ष लियाकत अली माथी भएको आक्रमण र लुटपाटको घटना प्रति नेपाल पत्रकार महासंघ बाँके शाखाको गम्भिर ध्यान आर्कषण भएको छ । सुक्रवार बेलुकीको शमयमा पसलबाट दुध लिएर घर जाने क्रममा बाटोमा अकस्मात अज्ञात समुहले पछाडीबाट आक्रमण गरि उहाँको साथमा रहेको मोवाईल समेत लुटपाट भएको छ ।

सँस्थापक अध्यक्ष अली माथी भएको यो घटनाले बाँकेका सञ्चारकर्मी सुरक्षित नभएको र आम नागरिकहरु समेत पुर्ण रुपमा सुरक्षित हुन नसकेको हाम्रो ठहर छ । अत आक्रमणमा संलग्नहरुको तत्काल पहिचान गरि दोषीलाइ कडा भन्दा कडा कारबाही र जिल्लाका आम नागरिकहरु पुर्ण रुपमा सुरक्षित भएको प्रत्याभुत गराउनका लागी नेपाल पत्रकार महासंघ बाँके शाखा जिल्ला स्थित सुरक्षा निकाय संग जोडदार माग गर्दछ । साथै घाईते अबस्थामा रहनु भएका बरिष्ठ पत्रकार तथा सँस्थापक अध्यक्ष लियाकत अलिको सिघ्र स्वास्थ्य लाभको कामना ब्यक्त गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *