मुलुक विकासको प्रक्रियामा प्रवेश गरिसक्यो: मुख्यमन्त्री

बाँके । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले मुलुक विकासको प्रक्रियामा प्रवेश गरिसकेको बताउनु भएको छ । नेपाल पत्रकार महासंघ प्रदेश ५ समितिले शुक्रवार बाँकेको गाभर भ्यालीमा आयोजना गरेको पर्यटन प्रवद्र्धनमा सञ्चारको भूमिका अन्तक्र्रियालाई सम्वोधन गर्दै मुख्यमन्त्री पोखरेलले भन्नुभयो, ‘मुलुक अव विकासको प्रक्रियामा गईसकेको छ । अहिलेको अवस्था निराशाजनक अवस्था हुँदै होईन । हाम्रो सोंच मात्रै निराशाजनक भएको हो ।’ उहाँले मुलुक विकास प्रक्रियामा प्रवेश गरेपनि केही विकास भएको छैन भनेर नकारात्मक टिप्पणी र आलोचना गरेर जनतालाई समेत भ्रममा पार्ने प्रयास भएकोले मिडियाले सहि तथ्य र सत्य स”चना जनताको माभमा पुर्याउनु पर्ने बताउनुभयो । ‘मुलुकको कुल ग्राह्स्थ उत्पादनको वृद्धि दर औसतमा ४ प्रतिशत भन्दा तल थियो । संविधान जारी भईसकेपछि नेपालको कुल ग्राहस्थ उत्पादनको औसत वृद्धिदर ६ प्रतिशत भन्दा माथि छ ।’, मुख्यमन्त्री पोखरेलले भन्नुभयो,‘४ प्रतिशत भन्दा मुनि भएको चिज ६ भन्दा माथि पुगिसक्यो तर समाजलाई हामी यो पनि भएन त्यो पनि भएन भनेका छौं ।’ उहाँले सरकारले राम्रा काम गर्दा गर्दै पनि नकारात्मक कुरामात्रै गर्ने प्रवृति हावी भएको उल्लेख गर्दै भन्नुभयो,‘नेपालको कुल उत्पादन ग्राहस्थ तीन वर्षमा दोब्बर वृद्धि भईसक्यो तर हामी चाहिँ निराशा बाँड्या बाँडी छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *