कृषि विकास बैंकबाट ह्‍याकरको ५ अर्ब चोर्ने योजनाः नेपाल प्रहरी

बाँके । कृषि विकास बैंकबाट ५ अर्ब रुपैयाँ चोर्ने योजना प्रहरीले विफल बनाइदिएको छ। ह्‍याकरको समूहले नेपाली बैंकबाट करिब ५ अर्ब रुपैयाँ चोर्ने गरी बनाएको योजना प्रहरीले समयमै थाहा पाएर विफल पारिदिएको हो।

ह्‍याकरको समूहले भारतमा बसेर नेपालका व्यक्तिलाई सम्पर्क गरी विभिन्‍न बैंकबाट रकम चोरी गर्ने योजना बनाएको प्रारम्भीक अनुसन्धानले देखाएको छ। महानगररीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले प्रहरीको प्रारम्भिक अनुसन्धानबाट कृषि विकास बैंकबाट ४ करोड ७३ लाख ९६ हजार रुपैयाँ चोरि भइसकेको जानकारी दिए। कृषि विकास बैंकबाट चोरिएको १२ लाख रुपैयाँ नयाँ बानेश्वरस्थित पानस रेमिटबाट निकालेको अवस्थामा प्रहरीले बरामद गरेको छ।

यो प्रकरणमा कृषि विकास बैंकमा हयाक गर्न सघाएको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ। बुधबार महानगरीय प्रहरी अपराध महाशाखामा पत्रकार सम्मलेन गरेर प्रहरीले पक्राउ परेकालाई सार्वजनिक गरेको छ। पक्राउ पर्नेहरमा लवाङ तामाङ, लक्ष्मी लामा तामाङ, सञ्जय घले, निर्मला तामाङ, निमा तामाङ, पुष्पराज खड्का, विद्यासागर लामिछाने, श्रवण कुमार श्रेष्ठ, सुनिता श्रेष्ठ, शुबन्कर पन्जा, विजय साह र चन्द्र बहादुर बुढा रहेका छन्।

जसमध्ये चारजनालाई प्रहरीले सार्वपजनिक गरेको छ। रकम लुट्नेहरुले १५ देखि ३५ प्रतिशतसम्म रकम कमिसन दिई हुण्डीमार्फत् भारत पठाउने गरेको एसएसपी थापाले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *