नेकपा र सीपीसीबीच भाइचारा सम्बन्ध, ६ बुँदा सम्झौता


बाँके । नेकपा र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) बीच भाइचारा सम्बन्ध स्थापित भएको छ । मंगलबार आयोजित एक कार्यक्रममा दुई पार्टीबीच भाइचारा सम्बन्ध स्थापना गर्नेसम्बन्धी द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालको उपस्थितिमा नेकपाका विदेश विभाग प्रमुख माधवकुमार नेपाल र नेपाल भ्रमणमा रहेका अन्तर्रा्ष्ट्रिय विभाग प्रमुख सोङ ताओले सम्बन्ध स्थापनासम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । उक्त सम्झौतामा ६ बुँदा समेटिएका छन्।
यी हुन् सम्झौताका बुँदाहरु
१. उच्चस्तरीय भ्रमण
२. कार्यकर्ता तहको अध्ययन भ्रमण बृद्धि
३. पार्टी पार्टी अनुभव आधारित सहयोग आदान(प्रदान
४. युवा र स्थानीय नेताहरूबीच भ्रमण आदान(प्रदान
५. जनस्तरको सम्बन्ध (बुद्धिजीवी, नागरिक संस्था, मिडिया) अभिवृद्धि
६. विचार सिद्धान्तमा आधारित वार्षिक कार्यक्रम सञ्चालन

Leave a Reply

Your email address will not be published. Required fields are marked *