कक्षा ११ को परीक्षाफल सार्वजनिक

बाँके । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल सार्वजनिक गरेको छ । गत वैशाखमा सञ्चालित परीक्षाको नियमित र आंशिक परीक्षाको परीक्षाफल बोर्डले सार्वजनिक गरेको हो ।

बोर्डका सूचना अधिकारी नारायण पोखरेलले मंगलबार बिहान बसेकाे बोर्ड बैठकले नतिजा सार्वजनिक गरेको जानकारी दिए । बोर्डले कक्षा ११ को परीक्षा वैशाख २९ देखि जेठ ८ गतेसम्म सञ्चालन गरेको थियो । परीक्षामा नियमितर्फ ३,४९,६०३, ग्रेडवृद्धितर्फ १ लाख ४२ हजार ३ सय ४५ र आंशिकतर्फ १७ हजार १०४ परीक्षार्थी सहभागी भएका थिए ।

बोर्डका अनुसार, परीक्षाफल बोर्डको वेबसाइट, नेपाल टेलिकमको वेबसाइटलगायतबाट हेर्न सकिने व्यवस्था मिलाइएको छ । त्यस्तै, परीक्षार्थीले एसएमएस र आइभीआर सर्भिसबाट पनि नतिजा हेर्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *