जानकीमा भव्य रुपमा संविधान दिवसमा परिसंवाद सम्पन्न


बाँके । बाँकेको जानकी गाउँपालिकाका संविधान दिवसको अवसरमा आज भव्य कार्यक्रम गरेको छ । गाउँपालिकाले यस अघि संविधान दिवस तीन दिनसम्म भव्यताका रुपमा मनाउने निर्णय गरेको थियो । सोही अनुसार आज गाउँपालिकाले नहरचोक देखि कृषि तालिम केन्द्र सम्म प्रभातफेरी कार्यक्रमको आयोजना गरेको थियो । सो प्रभातफेरी पश्चात संविधानका विषयमा परिसंवाद कार्यक्रम गरिएको थियो ।
गाउँपालिकाले आयोजना गरेको कार्यक्रम प्रमुख अतिथी एवम् संविधान सभा सदस्य अशोक रोकाले नेपालको संविधान नेपाली जनभावना सुहाउदो र जनताको राजनीतिक दस्तावेज भएको अनुभव सुनाउनु भएको थियो । जनता भन्दा माथी र ठूलो कुनै पनि शासन प्रणालीको शासक ठूलो हुनै नसक्ने दावी गर्नु भएको थियो ।


कार्यक्रममा नेकपाका गाउँपालिका कमिटिका अध्यक्ष पदम धिताल, रक्षाराम वर्मा, नेपाली काँग्रेसका नेता छब्बन खाँ, दुखिराम लगायत संविधानका बारेमा चर्चा गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *