संविधान दिवसको अवसरमा जानकीका सबै वडा सरसफाई कार्यक्रम सम्पन्न


बाँके । बाँकेको जानकी गाउँपालिकाका सबै वडामा संविधान दिवसको अवसरमा आज सरसफाई कार्यक्रम गरिएको छ । गाउँपालिकाले यस अघि संविधान दिवस तीन दिनसम्म भव्यताका रुपमा मनाउने निर्णय गरेको थियो । सोही अनुसार आज गाउँपालिकाका ६ वटै वडामा सरसफाई कार्यक्रम गरेका हो ।
गाउँपालिकाले संविधान दिवसको अवसरमा असोज ३ गते संविधान सभा सदस्य अशोक रोकाको प्रमुख आथित्यमा विहान कृषि तालिम केन्द्रमा संविधानका विषयमा परिसंवाद कार्यक्रम गरिने गाउँपालिका अध्यक्ष रामनिवास यादवले जानकारी दिनु भयो । कार्यक्रममा संविधान निर्माता अशोक रोकाका अनुभव, संविधानको मुख्य अन्तरवस्तुका विषय प्रवचन दिनु हुने छ । यसका साथै गाउँपालिकामा रहेका सबै राजनीतिक दलका प्रतिनिधि र जनप्रतिनिधिले संविधानका विषय आफ्ना विचार व्यक्त गर्ने कार्यक्रम तय भएको उपाध्यक्ष भुमिसरा धितालले जानकारी दिनु भयो ।
परिसंवाद गर्नु पूर्व मानपुरदेखि कृषि तालिम केन्द्र सम्म प्रभातफेरी सहित कार्यक्रम स्थलमा गाउँपालिका बासी, राष्ट्रसेवक कर्मचारी सहित जनप्रतिनिधिहरुको सहभागिता रहने प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजङ्ग शाहीले जानकारी दिनुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *