बाँकेमा बाढीले घर डुवान देखि पुलको आवागमन समेत अवरुद्ध

कोहलपुर नगरपालिका १२ चटारको पुल भन्दा बाहिरबाट बाढीले कटान गरेपछि

बाँके । आज विहान देखि अविरल रुपमा परिरहेको पानीका कारण बाँकको कोहलपुर नगरपालिका १२ चटारको पुल भन्दा बाहिरबाट बाढीले कटान गरेपछि आवगमन अवरुद्ध भएको छ ।
जानकी गाउँपालिकाको वडा नं.१ सिवपुरी, साईगाउँमा डुवान भएको छ भने ४ वडा घरको अन्नपात र लत्तकपडा समेत पूर्ण रुपले क्षति भएको छ । जानकी कै वडा नं. ३ को कालिका पुरुवा, विनोदपुरुवामा समेत डुवानमा परेको छ । बजार क्षेत्रमा मुख्य गरी नेपालगन्ज उपमहानगरपालिकाको सेतु बिक चोक, घरबारी टोल, कोरियानपुर, पासाङ्गल्हामु मार्ग, बेलासपुर, चारवाहिनी लगायतका स्थानमा बढी डुबानमा परेका छन् । यसैगरी खजुरा गाउँपालिका वडा नं.२ सितापुर स्थित रामचरण बिसीमा पानी जमेर खाद्यान्नका क्षति भएको छ । त्यसैगरी खजुरा गाउँपालिकाको वडा नं. ६ र ७ का सिन्दुर टोल, सिमल घारी र गुराँस टोलमा डुवान भएको छ । डुवान भएको जिल्ला आपतकालिका कार्य संचालन केन्द्रका सूचना अधिकृत गौरी बुढाथोकीले जानकारी दिनु भएको छ ।
उहाँका अनुसार सूचना केन्द्रमा प्राप्त जानकारी अनुसार राप्तीपूर्वका क्षेत्रमा पानी कम परेको र राप्ती पश्चिमका क्षेत्रमा पानी बढी परेको छ । प्रहरी र स्थानीय जनप्रतिनिधिसँग विभिन्न स्थानको सूचना संकलन गरिरहेको छ । हाल सम्म डुवान बाहेक मानवीय क्षेत्री नभएको बताउनु भयो । विहान ७ बजे देखिे पानी परिरहेको छ भने यो समाचार तयार पार्दा सम्म अविरल रुपमा निरन्तर रुपमा परिरहेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *