अविरल वर्षाका कारण बाँकेका केही बस्ती डुवानमा परेका छन


बाँके । आज विहान देखि अविरल रुपमा परिरहेको पानीका कारण बाँके जिल्लाका विभिन्न स्थान डुवानमा परेका छन । डुवान हुनेमा मुख्य गरी नेपालगन्ज उपमहानगरपालिकाको सेतु बिक चोक, घरबारी टोल, कोरियानपुर, पासाङ्गल्हामु मार्ग, बेलासपुर, चारवाहिनी लगायतका स्थानमा बढी डुबानमा परेका छन् ।


त्यसैगरी खजुरा गाउँपालिकाको वडा नं. ६ र ७ का सिन्दुर टोल, सिमल घारी र गुराँस टोलमा डुवान भएको छ । जानकी गाउँपालिकाको सिवपुरी र साईगाउँमा समेत डुवान भएको जिल्ला आपतकालिका कार्य संचालन केन्द्रका सूचना अधिकृत गौरी बुढाथोकीले जानकारी दिनु भएको छ । पानी व्यक्तिका घर, पसल, कारखाना, व्यवसायीक क्षेत्रमा पसेको छ । जसका कारण भएको क्षतिको एकिन भएको छैन ।

उहाँका अनुसार सूचना केन्द्रमा प्राप्त जानकारी अनुसार राप्तीपूर्वका क्षेत्रमा पानी कम परेको र राप्ती पश्चिमका क्षेत्रमा पानी बढी परेको छ । प्रहरी र स्थानीय जनप्रतिनिधिसँग विभिन्न स्थानको सूचना संकलन गरिरहेको छ । हाल सम्म डुवान बाहेक मानवीय क्षेत्री नभएको बताउनु भयो । विहान ७ बजे देखिे पानी परिरहेको छ भने यो समाचार तयार पार्दा सम्म अविरल रुपमा निरन्तर रुपमा परिरहेको छ । फोटोः कृष्णप्रसाद श्रेष्ठको फेसबुकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *