पूर्वाग्रहका आधारमा खजुरा घटना अतिरञ्जित नबनाइयोसः अध्यक्ष धिताल


बाँके । खजुरा घटनामा नेकपा जानकी गाउँपालिका कमिटिको बैठकले नेपाली काँग्रेसले राजनीतिकरण गरेकोमा विरोध गरेको छ । सामान्य घटनालाई अति रन्जित गर्दै राजनीतिक उद्देश्य प्राप्ती गर्ने एक मात्रै घटना जस्तो ठान्दै एकोहोरो विषयलाई पुनरावृद्धि गरेकोमा बैठकले राजनीतिक संस्कारका आधारमा विषय लिन अनुरोध गरेको कमिटिका अध्यक्ष पदम धितालले जानकारी दिनु भयो ।
बैठकले व्यक्तिगत पूर्वाग्रहका आधारमा घटनामा उपस्थित समेत नभएकालाई मुद्दा चलाउने लागेकोमा प्रति दुख व्यक्त गरेको छ । सत्यतामा रहेर नागरिकलाई न्याय दिने सरकारी संयन्त्र र प्रहरी प्रशासनलाई अनुरोध गरेको छ । कसैलाई पूर्वाग्रहको आधार बनाएर राजनीतिक चरित्रमा आक्रमण नगर्न अनुरोध गरिएको छ । यदि पूर्वाग्रहका आधारमा अन्याय गर्ने प्रयत्न गरिए त्यसको परिणामबाट उब्जने समस्याको जिम्मेवारी नेकपाले नलिने अध्यक्ष धितालको भनाई छ । हामीले जिल्ला तहका नेता देखि स्थानीय तह सम्म घटनालाई जनप्रतिनिधि र राजनीतिक दललाई नजोडन अनुरोध गरेका थियो । हरेक दिन काँग्रेस तिललाई पहाड बनाउन चहान्छ भने हामी पनि यो देशको सबै भन्दा ठूलो राजनीतिक दल र शक्ति हो, परिस्थितिको सम्पूर्ण जिम्मेवार हामीले मात्रै लिनु पर्ने बाध्यात्मक अवस्था हैन भन्नु हुन्छ अध्यक्ष धिताल ।
अनाहकमा घटनाको आसपासमा समेत नभएको अवस्थामा मुद्दा चलाउने र मानसिक रुपमा दवाव दिने कार्य भएकोले हामी यसको घोर विरोध गर्दछौं । दोसीलाई कार्रवाही गर्न सहयोग गर्ने तर निर्दोशीलाई फसाउने नसोच्न अध्यक्ष धितालको भनाई छ ।
सोमबार नै कमिटिले प्रेस विज्ञप्ती जारी गर्दै राजनीतिक संस्कार र सहकार्यलाई नेपाली काँग्रेसलाई अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *