बाल दिवसमा नरैनापुरमा विद्यार्थीलाई पोशाक वितरण


बाँके । बाँकेको राप्तीपारी नरैनापुर गाउँपालिकामा पनि राष्ट्रिय बाल दिवस मनाइएको छ । वडा नम्बर ६ गंगापुरस्थित जय किसान माविमा बाल दिवसका अवसरमा विभिन्न कार्यक्रम गरिएको छ ।
बाल दिवसका अवसरमा विद्यालय प्रांगणमा १५ सय विरुवा रोप्ने कार्यको आइतबार शुभारम्भ गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बृजेन्द्र कुमार यादवले जानकारी दिनुभयो । बृक्षारोपण कार्यक्रमको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले शुभारम्भ गर्नुभयो । त्यस्तै बाल दिवसका अवसरमा विद्यालयमा आयोजित अतिरिक्त क्रियाकलापमा विभिन्न स्थान हासिल गर्ने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।
गाउँपालिकाका अध्यक्ष शाहले आफ्नो व्यक्तिगत तर्फबाट कक्षा ११ मा अध्ययनरत ४० जना विद्यार्थीहरुलाई विद्यालय पोशाक पनि वितरण गर्नुभएको यादवले जानकारी दिनुभयो । गाउँपालिकाको महिला तथा बालबालिका शाखाले आयोजना गरेको कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष शाहले बाल अधिकारको रक्षाका लागि सबैभन्दा पहिले अभिभावकहरुले आफ्ना बालबालिकालाई विद्यालय पठाउनुपर्ने बताउनुभयो ।
बाल अधिकार संरक्षण र सम्बद्र्धनका लागि गाउँपालिका प्रतिबद्ध रहेको भन्दै उहाँले बालबालिकाको सर्बाङ्गीण विकासमा आफू दत्तचित्त भएर लाग्ने बताउनुभयो । त्यस अवसरमा उपाध्यक्ष जयन्तिदेवी श्रीवास्तब, महिला तथा बालबालिका शाखा प्रमुख कृष्णा कुमारी चन्द, वडा नम्बर २ का वडा अध्यक्ष मसुद अहमद शाह, वडा नम्बर १ र ४ का सचिव लक्ष्मीकान्त मिश्र लगायतको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *