जानकीमा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सञ्चालन गरिदै

बाँके ।  बाँकेको जानकी गाउँपालिकाले डेङ्गु रोग रोकथामका लागि लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सञ्चालन गर्ने भएको छ । गाउँपालिका अध्यक्ष रामनिवास यादवको अध्यक्षतामा आज बसेको वैठकले जानकी गाउँपालिकाको हरेक वडा वडामा जनप्रतिनिधि, स्वास्थ्यकर्मीहरु, महिला स्वास्थ्य स्वयम् सेविका, शिक्षकलाई परिचालन गरि डेङ्गु रोग फैलाउने लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

वैठकमा डेङ्गु रोगको वारेमा गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख गिरबहादु्र गुरूङ, दलबहाद्ुर रानाले जानकारी गराउनुभएको थियो । गाउँपालिका अध्यक्ष यादवले गाउँपालिकामा डेङ्गु रोग रोकथामका लागि जनप्रतिनिधि कर्मचारी सबै कटिवद्ध भएर लाग्न निर्देशन दिनुभयो । उहाँले गाउँपालिकाका छ वटै वडालाई लक्षित गरेर सञ्चालन गरिएको अभियान अन्तर्गत वडाका प्रत्येक टोल–टोलमा पुगेर लामखुट्टेको लार्भा नष्ट गर्नुका साथै सर्वसाधारणलाई सचेतना जगाइने छ । गाउँपालिका उपाध्यक्ष भूमिसरा धितालकले डेङ्गु रोग लाग्नै नदिनु नै उत्तम उपाय भएकोले लामखुट्टेका लार्भा नष्ट गर्ने अभियान सञ्चालन गरिएको बताउनुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *