शान्तिपूर्ण आन्दोलनलाई कमजोरी नठानियोसः अध्यक्ष थापा


बाँके । नेकपा निकट भातृ संगठनका युवा–विद्यार्थीले खजुराको घटनामा उपस्थित समेत नभएकालाई मुद्दा चलाउने लागेको प्रति रोसप्रकट गरेका छन । सत्यतामा रहेर आम नागरिकलाई न्याय दिने सरकारी संयन्त्रको जिम्मेवारीलाई सहयोग गर्ने तर आस्था, अरुको दवाव र पार्टी विशेषका आधारमा पक्षपात गरिए त्यसको परिणाम जस्तो सुकै आन्दोलन गर्न युवा विद्यार्थी तयार रहेको युवा संघ बाँकेका अध्यक्ष किशोर थापाको भनाई रहेको छ । सो कुरा आज नेपालगन्जमा संयुक्त पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो

हाम्रा सदस्यलाई अनाहक रुपमा घटनाको आसपासमा समेत नभएको अवस्थामा मुद्दा चलाउने र मानसिक रुपमा दवाव दिने कार्य भएकोले हामी यसको घोर विरोध गर्दछौं । अध्यक्ष थापाका अनुसार शान्तिपूर्ण आन्दोलनलाई कमजोरी ठानीयो भने त्यो ठूलो कमजोरी हुने छ । सडकमा कसरी आन्दोलन गर्नु पर्दछ हामीलाई थाहा छ त्यस पछि उत्पन्न हुने परिस्थितिको जिम्मा प्रहरी थेक्न सक्नेकी नसक्ने भन्दै अध्यक्ष थापाले दोसीलाई कार्रवाही गर्न सहयोग गर्ने तर निर्दोशीलाई फसाउने नसोच्न पत्रकारको प्रश्नमा जवाफ दिनु भएको थियो ।
खजुरा घटनामा निर्दोषलाई फसाउन खोजीएको भन्दै त्यसको कडा प्रतिवाद गर्ने उनिहरुले चेतावनी समेत दिएका छन । नेपाली काँग्रेसले संचालन गरेको राष्ट्रिय जागरण अभियानका दौरान बाँकेको खजुरामा आयोजित कार्यक्रममा भएको घटनामा नेकपा कार्यकर्ताको कुनै संलग्नता नरहेको युवा विद्यार्थीले जारी गरेको संयुक्त विज्ञप्तीमा उल्लेख गरिएको छ ।

घटनालाई राजनितिक रुप दिएर नेकपाका नेता कार्यकर्तालाई दुख दिन खोजीएको भन्दै युवाहरुले विरोध जनाएका छन । युवा संघ नेपाल बाँके अध्यक्ष किशोर थापा, वाईसियल नेपाल अध्यक्ष सुरज जागा, अनेरास्ववियु अध्यक्ष मोहित शाह र अनेरास्ववियु क्रान्तिकारी अध्यक्ष सुरेन्द्र जंग शाहले संयुक्त रुपमा पत्रकार सम्मेलन गरी खजुरा घटनालाई अतिरञ्जित गर्न खोजिएको बताउनु भएको छ ।

राजनितिक पुर्वाग्रहका आधारमा निर्दोषलाई फसाउन खोजे कडा आन्दोनलमा उत्रने चेतावनी दिदै युवाहरुले घटनामा घाईते हुनु भएकी बाँके काँग्रेस सभापति किरण कोईरालाको सिघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *