डुडुवाले टोल टोलमा डेंगु रोग बारे सचेतना फैलाउदै

बाँके । बाँँकेेेेकाे डुडुवा गाउँपालिकाले डेंगु रोग बारे सचेतना सतकर्ता अपनाएको छ । गाउँपालिका स्वास्थ्य शाखाले आज शुक्रबार सरोकारवालासंग अभिमुखीकरण सहित संयुक्त बैठक गरेको छ ।
बैठकले असोज ५ गतेभित्र सबै वडामा सचेतनामुलक अभियान संचालन गर्ने निर्णय गरेको छ । गाउँपालिकाका विभिन्न सार्वजनिक स्थान, विद्यालय, मदरसा लगायत स्थानमा डेंगु रोगको परिचय, लक्षण तथा अपनाउनुपर्ने सावधानी लगायतका विषयमा प्रबचन, पोस्टर, पम्पलेटको माध्यमले व्यापक प्रचार प्रसार गर्ने निर्णय भएको छ ।
कार्यक्रममा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले डेंगु रोगको संक्रमणका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा वडाध्यक्ष मोहनराम मिश्र, प्रशुराम बुढाथोकी, कार्यपालिका सदस्य रिता परियार लगायतले डेंगु रोगको संक्रमण, जोखिमबाट बच्ने उपाय तथा समुदायमा स्वास्थ्य सचेतना कार्यक्रमका विषयमा आ आफ्नो सुझाव दिनुभएको थियो ।
वडाध्यक्ष प्रशुराम बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा जनप्रतिनिधी, स्वास्थ्यकर्मी, अन्य सरोकारवाला निकायको सहभागिता रहेको थियो । गाउँपालिकाले विभिन्न टोलमा लामखुट्टेको लार्भा नष्ट गर्ने औषधी छर्किरहेको छ ।
औलो रोगको समेत उच्च जोखिममा रहेको डुडुवा गाउँपालिकामा लामखुट्टेका लार्भा बढी सक्रिय भएकाले त्यसलाई नष्ट गर्न औषधी छर्कने अभियान शुरु गरिएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । उहाँले यो अभियानले डेंगु रोगको संक्रमण फैल्नबाट जोगाउने भन्दै अब प्रत्येक टोल समुदायमा यसबारे जनचेतना फैलाउने कार्यक्रमलाई प्रभावकारी बनाउन अभियान नै शुरु गरिएको बताउनुभयो ।
अहिले मौसमी रुपमा देशैभरि फैलिएको भाइरल ज्वरोका विरामी डुडुवामा बढी देखिएका छन । गाउँपालिका अन्र्तगतका विभिन्न स्वास्थ्य संस्थाहरुमा अहिले दैनिक रुपमा ३५० बढी विरामी उपचारका लागि आउने गरेको गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ । गाउँपालिकाले शुरु गरेको निशुल्क स्वास्थ्य सेवा अभियान अन्र्तगत संचालित दुई वटा प्रयोगशालामा टाइफाइड, मलेरिया परिक्षण गराउने विरामीहरुको संख्या समेत बढ्दै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *