नेेेेेकपा बाँके भन्छ: व्यक्तिगत घटनालाई राजनीतिकरण नगर्न काङ्ग्रेसलाई आग्रह

बाँके । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला कमिटी बाँकेले बिहिबार खजुरा गाउँपालिका – २, सितापुरमा भएको घटना प्रति दु:ख व्यक्त गर्दै व्यक्तिगत घटनालाई लिएर राजनीतिकरण नगर्न काङ्ग्रेसलाई आग्रह गरेको छ ।

नेकपा बाँकेका अध्यक्ष आई. पी. खरेल र सचिब अशोक कोईरालाद्वारा  हस्ताक्षरित एक प्रेस बिज्ञप्ति मार्फत शुक्रवार नेकपा बाँकेले त्यस्तो धारणा व्यक्त गरेको हो ।

बिज्ञप्तिमा भनिएको छ, ‘मिति २०७६ भाद्र २६ गतेका दिन नेपाली काङ्ग्रेस बाँकेले खजुरा गाउँपालिका-२ सितापुरमा गरेको राष्ट्रिय जागरण अभियानका सन्दर्भमा भएको घटनाप्रति नेकपा बाँके दु:ख व्यक्त गर्दछ ।’

बिज्ञप्तिमा अगाडि भनिएको छ, ‘उक्त कार्यक्रमका समयमा भएको व्यक्तिगत घटनालाई जे जसरी नेपाली काङ्ग्रेस बाँकेले राजनीतिकरण गर्दै सिङ्गो नेकपा पार्टी र त्यसका कार्यकर्ताप्रति गम्भीर आरोप लगाएको छ । त्यसप्रति हाम्रो असहमती छ । नेपाली काङ्ग्रेस लगायत कुनैपनी पार्टी र कार्यकर्ताप्रति असहयोग गर्ने हाम्रो पार्टीको कुनैपनी नीति नभएको कुरा स्पष्ट पार्दछौ । हामी बिगतदेखी सहकार्य गर्दै आएका पार्टीहरु हौं । आगामी दिनहरुमा पनि सहकार्य गर्न आवश्यक छ । सहकार्यको मूल्य र मान्यतालाई मध्यनजर गर्दै नेपाली काङ्ग्रेस बाँकेले विषयको गाम्भिर्यतालाई आत्मसाथ गर्न समेत आग्रह गर्दछौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *