कृषिमा प्रतिफल सहितको लगानी हुन्छः मन्त्री केसी

बाँके । प्रदेश नं. ५ का आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद के.सीले प्रदेश सरकारले कृषिमा केवल अनुदान मात्रै हैन त्यसको प्रतिफल प्राप्त हुने गरी मात्रै अनुदान दिने बताउनु भयो । सरकारले प्रदेश नं. ५ को कृषिको उत्पादकत्व र उत्पादनका लागि किसानका जस्ता सुकै समस्या समाधानका लागि तयार रहेको मन्त्री केसीको भनाई रहेको छ । आज नेपालगन्जमा कमैया महिलाजागरण समाज नेपाल, बर्दिया र एक्सनएड नेपालको संयुक्त आयोजनामा नेपालगन्जमा दुई दिने सानाकिसानको पश्चिम स्तरीय क्षेत्रीय सम्मेलन उद्घाटन गर्दै मन्त्री केसीले बताउनु भएको हो ।

प्रदेश सरकारले सहयोग गरेको कृषि सामग्री कृषि क्षेत्रमा काम नगरी बालुवा बोक्नेमा प्रयोग नहोस भन्नेमा सरकार सचेत रहेको बताउनु भयो । अब किसानले उत्पादन गर्ने र सरकारले बजारीकरणका लागि सहयोग गर्ने छ । मन्त्री केसीले प्रदेश सरकार टुक्रे काम भन्दा एकिकृत रुपमा कृषि उत्पादनका लागि काम गर्ने बताउनु भयो । विदेशबाट आयात हुुने सामानहरुलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिनुभयो साथै स्थानीय उत्पादनलाई प्रवद्र्धन र बजारीकरण गर्न सके मात्र राष्ट्र समृद्ध हुुने बताउनु भयो ।

प्रदेश नं. ५ सरकारले ठाउँ बिशेषको उत्पादनलाई पनि प्रोत्साहन गर्न तयार रहेको बताउनु भयो । अब सिंहदरबार भित्र पस्नका लागि कागजको टुक्रा लिएर जाने दिन सकिएको बताउनु भयो । प्रदेश र स्थानीय सरकार जनताका ेदैलोमा नै गएर सेवा दिइरहेकोले अन्यत्र अलमल नपर्न आग्रह गर्नु भयो ।

मन्त्री केसीले भन्नु भयो कृषि क्षेत्रमा सरकारको आर्थिक सहयोगमा, गाउँले बस्तु उत्पादन गर्ने छ, शहरले उपभोग गर्ने छ र बाँकी निर्यातगरी आर्थिक आर्जनका लागि काम गर्ने छौं । आम नागरिकको जीवल शैलीमा नै परिवर्तन हुने गरी प्रदेश सरकार काम गर्दछ । प्रदेशका ५२ वटा स्मार्ट कृषिमा गरिएको लगानी र कृषकको मेहनत यस वर्ष परिणामा देखिने समेत बताउनु भयो ।

प्रदेश नं. ५ र सुदुरश्चिम प्रदेशका गरी १ सय भन्दा बढी साना किसानको सहभागिता रहेको कार्यक्रम प्रदेश नं.५ का प्रदेश योजना आयोगका सदस्य पुष्पा भुषालले प्रदेश सरकारले कृषिलाई प्राथिमकतामा राखेर योजना बनाएको जानकारी दिनु भयो । भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयका बरिष्ठ कृषि विकास अधिकृत विनोद घिमिरे प्रदेश नं. ५ सरकारले कृषि क्षेत्रमा गरेका काम र आगमी योजना र साना किसानको पक्षमा गरिका नीति, कार्यक्रम तथा कार्यान्वयनको अवस्था बारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । त्यसैगरी नेपालमा जैविक खेतीको प्रवद्र्धनका अभ्यासमा देखिएका कठिनाई तथा सुधारका उपाय विषयमा कृषि बैज्ञानिक अनिल पोखरेलले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो

पहिलो दिनको कार्यक्रम एक्सनएडका नीति तथा कार्यक्रम प्रबन्धक सरोज पोखरेल, एकराज चौधरी र विष्णु शर्माले सम्मेलनका बारेमा जानकारी दिनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *