मन्त्री के.सी. नेपालगन्जमा


बाँके । प्रदेश नं. ५ का आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद के.सी. नेपालगन्ज आउनु भएको छ । मन्त्री के.सी. प्रदेश नं. ५ र सुदूरपश्चिम प्रदेशका १० जिल्लाबाट आएका साना किसानको कृषि सम्मेलनको उद्घाटन गर्न नेपालगन्ज बुधबार २५ गते आउनु भएको हो ।
सम्मेलन आयोजक कमैया महिला जागरण समाज नेपाल र एक्सनएड नेपाल रहेको सो कार्यक्रमको उद्घाटन २६ गते बिहिबार विहान नेपालगन्जमा हुने आयोजक संस्थाका मानबहादुर डाँगीले जानकारी दिनु भयो ।
मन्त्री के.सी.सँग समसामयीक विषयमा प्रेस संगठन नेपाल बाँकेले २६ गते विहान पत्रकार सम्मेलन राखिएको डक्टप्रसाद धितालले बताउनु भयो । प्रेस सेन्टरका अध्यक्ष धितालका अनुसार नेकपाको जिल्ला पार्टी कार्यालय रहेको पासाङ्ग ल्हामु मार्गका पत्रकार सम्मेलन राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *