सल्यानमा दुई बालिका वेपत्ता


बाँके । सल्यानको बन्गाड कुपिन्डे नगरपालिका–१० माझकाँडाकी दुई बालिका एक सातादेखि परिवार र आफन्तसँग सम्पर्क विहिन भएकी छन । श्री भगवती आधारभुत विद्यालयमा माझकाँडामा कक्षा ७ मा अध्ययनरत १३ वर्षीया खीमा वली र कक्षा ६ मा अध्ययनरत १३ वर्षीया प्रतिमा बटाला बेपत्ता हुनु भएको छ ।
भदौ १९ बेलुका ७ बजेसम्म घरमै खेलिरहेका उनीहरु अकस्मात हराएको खिमाका बुवा अम्बर वलीले बताउनु भयो । छरछिमेक, वरपर खोजबिन गर्दा पनि फेला पार्न नसकेको वलीको भनाइ छ । दुवै बालिकाको खोजी कार्य भइरहेको प्रहरी चौकी बालुवासंग्रहीका इन्चार्ज दीपक शाही ठकुरीले बताउनु भयो । दुवै बालिकाको फोटो र हुलियाका आधारमा खोजी भइरहेको र हालसम्म फेला पार्न नसकिएको उहाँले जानकारी दिनु भयो ।

थाहा खबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *