शिक्षक बाबुतरुण पुरस्कृत


बाँके । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ४० औं राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा बाँकेका शिक्षक बाबुतरुण गौतमलाई पुरस्कृत गरेको छ ।
दिवसको अवसरमा पदक, प्रमाणपत्र तथा प्रशंसापत्रबाट देशभरका ७७ जिल्लाका हरेक जिल्लाबाट एक जनालाई नेपाल सरकारले पुरस्कृत गर्ने गरेको छ । गौतम माध्यमिक विद्यालयमा अध्यापन गर्नु हुन्छ । उहाँ नेपालगन्ज उपमहानगरपालिकाको नारायण माध्यामिक विद्यालयमा कार्यरत हुनु हुन्छ । लामो समय अध्यापन गराउद पुरस्कार भन्दा पनि आफ्नो पेशा र सेवाको लागि अध्यापन गरेको बताउनु हुने गौतमले सरकारको निर्णयले थप जिम्मेवारी बनाएको बताउनु हुन्छ । सरकारले मुल्याकन गरेकोमा आफु खुसीका साथै थप जिम्मेवारी महसुस गरेको बताउनु हुन्छ ।
शिक्षक गौतम शिक्षक महासंघ बाँकेको जिल्ला अध्यक्ष समेत रही काम गरिसक्नु भएको छ । उहाँ बाँके जिल्लाको शिक्षक र शिक्षा क्षेत्रको नेतृत्व गर्ने शिक्षकमा परिचित हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *