जेएस इङलिस बोर्डिङ स्कुलको भ्यान दुर्घटनामा

बाँके । नेपालगन्जको कोरियनपुरमा रहेको जेएस इङलिस बोर्डिङ स्कुलको भ्यान सोमबार दुर्घटनामा परेको छ । विद्यार्थी ल्याउन जाँदै गर्दा भ्यान दुर्घटनामा परेको हो ।

भे १ त ३१९१ नम्बरको भ्यान नेपालगन्जको फुल्टेक्रा रामनगर रोडमा दुर्घटना हुँदा एक जना विद्यार्थी सामान्य घाइते भएका छन।

भ्यानमा चारजना विद्यार्थी, भ्यानका चालक र एकजना सहयोगी रहेका थिए। भ्यान पूर्ण रूपमा क्षतिग्रस्त भएपनि भ्यानमा सवार सबै सकुशल रहेको प्रहरी जनाएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *