निजामति सेवा दिवसमा मुख्यमन्त्री पोखरेलको शुभकामना


बाँके । मुख्यमन्त्री शंकर पोखरेलल निजामति सेवा दिवस—२०७६ को अवसरमा समस्त निजामति कर्मचारीवर्गमा सुख, शान्ति र सुस्वास्थ्यको कामना व्यक्त गर्नु भएको छ । निजामति कर्मचारी दिवसको अवसरमा प्रेस विज्ञप्ती मार्फत उहाँले सो कुरा बताउनु भएको हो ।
मुख्यमन्त्री पोखरेलले संविधान निर्माणपछि अहिले मुलुक नयाँ युगमा प्रवेश गरेको छ । एकात्मक र केन्द्रीकृत शासन प्रणालीको अन्त्य गर्दै मुलुकमा विधिवत रुपमा संघीय शासन प्रणाली स्थापित भएको छ । मुख्यमन्त्री पोखरेलले राज्य पुनःसंरचना अनुसार कर्मचारी समायोजनको काम भएपछि अहिले तीनै तहको सरकारमा प्रशासनिक संरचना आधारभूत रुपमा खडा भएको छ । कर्मचारी समायोजनले प्रदेश र स्थानीय सरकारले आवश्यक जनशक्ति प्राप्त गरेका छन् ।

मुख्यमन्त्री पोखरेलले प्रदेश र स्थानीय तहमा आवश्यक जनशक्ति व्यवस्थापनका लागि प्रदेश लोकसेवा आयोग गठन भई आवश्यक काम अघि बढेको छ । अब जनशक्तिको अभावमा प्रदेश र स्थानीय तहमा कामकाज प्रभावित हुने छैन् भन्नु भएको छ ।
मुख्यमन्त्री पोखरेलले लामो द्वन्द्व, शान्तिप्रक्रिया, संविधानसभा हुँदै नयाँ संविधान जारी भएपछि मुलुक विकास र समृद्धिको चरणमा प्रवेश गरेको छ । अव छिटो भन्दा छिटो रोग, भोक, अशिक्षा र बेरोजगारी अन्त्यगर्दै विकसित र समृद्ध नेपाल निर्माण गर्नुपर्ने छ । हामी प्रदेशको विकास र समृद्धिका माध्यमवाट समृद्ध राष्ट्र निर्माणको महाअभियानमा जुट्न संकल्पित छौ । यो अभियानमा समस्त निजामति कर्मचारी वर्गको उत्साहपूर्ण सहभागिता, अठोट र योगदानको अपेक्षा गरेको वताउनु भएको छ ।

सक्षम निजामति प्रशासन ः विकास, समृद्धि र सुशासन, यस वर्षको निजामति दिवसको नारा रहेको छ । निजामति दिवसको यो नारालाई मुलतः व्यवहारमा कार्यान्वयन गर्ने प्रमुख काम समस्त राष्ट्रसेवक कर्मचारीवर्गको हो । सुशासनयुक्त निजामति प्रशासन मार्फत सेवा प्रवाह प्रभावकारी रुपमा अघि बढाएर नागरिकमा सकारात्मक सन्देश प्रवाह गर्न सकिन्छ ।

मुख्यमन्त्री पोखरेलले सरकारप्रति नागरिकको विश्वास र भरोसा बढाउन सकिन्छ । मुलुकमा भएको राजनैतिक परिवर्तनसगैं चुलिएका नागरिकका अपेक्षा पूरा गर्न राजनैतिक नेतृत्वको योजना कार्यान्वयन गर्न निजामति प्रशासनको दरिलो साथ र सहयोग आवश्यक पर्छ । त्यसका निम्ति निजामति प्रशासनलाई चुस्त, छरितो र नागरिक माझ अझै विश्वसनीय बनाउन राष्ट्रसेवक कर्मचारीवर्ग एकजुट भई अघि बढौं भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *