रुपन्देहीमा ४८ जना डेंगु संक्रमणका बिरामी


बाँके । रुपन्देहीमा ४८ जना डेंगुका बिरामी फेला परेका छन् । दुई वर्षअघि भयाभह रुप लिएको रुपन्देहीमा वर्षा रोकिनासाथ बिरामी फेला परेका हुन् । लुम्बिनी प्रादेशिक अस्पताल, भीम अस्पताल, युनिभर्सल मेडिकल कलेज र क्रिमसन अस्पतालमा उपचारका लागि आएका बिरामीमा डेंगु भेटिएको हो । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. राजेन्द्रकुमार गिरीका अनुसार बिरामीको संख्या दैनिक बढिरहेको छ । भदौं १८ गतेसम्म ४८ जनामा संक्रमण देखिएको जानकारी दिनु भयो ।
रुपन्देहीमा छ वर्षदेखि डेंगुका बिरामी भेटिदै आएका छन् । अहिलेसम्म चारजनाको मृत्यु भएको छ । गतवर्ष ३८ जना मात्रै बिरामी भेटिएका थिए । दुई वर्षअघि भने बिरामीको संख्या एक हजारभन्दा बढी थियो ।
जमेको सङ्लो पानीमा डेंगु फैलाउने लामखुट्टेले प्रजनन् प्रक्रिया गर्ने भएकाले वर्षा रोक्रिएसँगै रुपन्देहीमा पोजिटिभ बिरामी भेटिएका हुन् । स्वास्थ्य कार्यालयले रोग फैलाउने लामखुट्टे मार्नका लागि अभियान थालेको छ । त्यसका लागि प्रहरीको सहयोग मागिएको प्रमुख गिरीले बताउनु भयो ।
बुटवल क्षेत्रका बिरामीमा बढी संक्रमण देखिएको हो । डेंगु भाइरसको कारण हुने संक्रमण हो । केही दिनयता भाइरल ज्वरोका बिरामी बढसँगै डेंगु भएकाका बिरामी पनि देखिन थालेका हुन् । अस्पतालमा बिरामीको अत्याधिक चाप रहेको छ ।
तर डेंगु परीक्षण गर्ने किटको अभाव छ । स्वास्थ्य प्रमुख गिरीले केन्द्रबाट कम मात्रामा किट आएकाले बिरामीको चाप बढे उपचारमा कठिनाई हुने बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *