वडालाई नमुना बनाउने छौंः वडाअध्यक्ष वर्मा


बाँके । जानकी गाउँपालिका वडा नं. ४लाई गाउँपालिकाकै नमुना वडा बनाउनका लागि प्रयास गरिरहेको वडा अध्यक्ष विश्रामकुमार वर्माले बताउनु भएको छ ।
वडाको विकास गर्नका लागि आम नागरिकको सहयोग तथा सहभागितामा वडाका योजना निर्माण र कार्यान्वयन गरेको अध्यक्ष वर्माले बताउनु भयो । रेडियो हातेमालोका कार्यक्रम मेरो जानकी मेरा कुरा कार्यक्रममा उहाँले सो कुरा वताउनु भएको हो ।
यस वडामा पूर्वाधार, शिक्षा, स्वास्थ्य तथा जनचेतानमूलक कार्यक्रम र योजनालाई बढी प्राथमिकता दिइएको छ । कुनैपनि विद्यालय उमेरका बालबालिका शिक्षा आर्जनबाट बन्चित नहुन र पढ्दा पढ्दै विद्यालय छाड्ने संस्कारको अन्त्यका लागि वडापालिकाले विद्यार्थी आक्रर्षणका कार्यक्रम समेत गरेको छ । अध्यक्ष वर्माका अनुसार वडा भित्रका विद्यालयमा विद्यार्थीलाई शैक्षिक सामग्रीका साथै दिउसोको नास्ता समेत उपलब्ध गराएको वताउनु हुन्छ । शिक्षालाई प्रमुख प्राथमिकतामा पारेको वडाले अभिभावक समेतलाई आफ्ना बालबालिका विद्यालय पठाउनका लागि घरदैलो गरी आग्रह गरेको वर्माले वताउनु हुन्छ ।
जानकी गाउँपालिकाको यो वडामा मधेसी समुदायका बाहुल्यता रहेको छ । यहाँका नागरिक परम्परागत खेती प्रणाली गर्ने भएकोेले उनीहरुलाई उन्नत तरिकाले र व्यवसायीक खेतीतर्फ आक्रर्षण गर्न वडापालिकाले पहल गरेको बताउनु हुन्छ ।
अध्यक्ष वर्माका अनुसारका आफ्नो वडालाई आफ्नो कार्यकाल भित्रनै नागरिकका न्यूनतम समस्या समाधान गरी आयआर्जनका लागि प्रविधि र व्यवसायीक प्रणालीको विकासका लागि पहल भएको बताउनु हुन्छ । यो वडाका नागरिकलाई नागरिक अधिकारका साथै आयआर्जन र शिक्षा आर्जनमा विशेष पहल गरेका अध्यक्ष वर्माले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *