नेकपा महासचिव सिंगापुर


बाँके । सिंगापुरमा उपचारत प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य अवस्था बुझ्न नेकपाका महासचिव विष्णु पौडेल आज त्यस तर्फ जानु भएको छ । पौडेलसँग जान लागेका संगठन विभाग प्रमुख वामदेव गौतमको टिकट सोमबार राति नैं रद्द गर्न भनेपछि पौडेल एक्लै सिंगापुर जानु भएको हो ।
गौतमले टिकट पक्का गरेको केही घण्टामै वामदेव नजाने भएपछि पौडेल एक्लै सिंगापुर जानुभएको हो । प्रधानमन्त्री ओलीको मिर्गौलाको उपचार सकिन लागेको छ । ओलीको मिर्गौलाको अन्तिम परीक्षण बुधबार हुँदैछ।
प्रधानमन्त्री ओलीको पछिल्लो स्वास्थ्य अवस्था बुझ्न मंगलबार त्यसतर्फ पौडेल एक्लै दिउँसो १ बजे सिंगापुर जानु भएको हो ।उहाँ सिंगापुरबाट प्रधानमन्त्रीसँगै शुक्रबार स्वदेश फर्किने कार्यक्रम रहेको छ । मिर्गौलाको परीक्षण सकिएपछि प्रधानमन्त्री ओली शुक्रबार स्वदेश फर्किने कार्यक्रम तय गरिएको छ । भदौं ५ गते सिंगापुर जानु भएका प्रधानमन्त्री ओलीले त्यहाँको नेशनल युनिभर्सिटी अस्पतालमा उपचार गराइरहनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *