नेपाल साफ यू १५ च्याम्पियनसिप फुटबलको फाइनल


बाँके । नेपाल साफ यू १५ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । भारतको कल्याणी रंगशालामा आज भएको खेलमा भुटानलाई ५–० ले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो । भुटानविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको नेपालले पहिलो हाफमा दुई गोल र दोस्रो हाफमा थप तीन गोल गरेको हो ।
राउन रोविनको आधारमा जारी प्रतियोगिताको शीर्ष दुई टिम फाइनलमा प्रवेश गर्ने छन् । नेपाल अन्तिम खेलमा जित हात पारेसँगै फाइनलमा पुगेको छ । फाइनल प्रवेशका लागि बिहीबार नै भारत र बंगलादेशबीच खेल हुदैछ ।
नेपालले चार खेलबाट ९ अंक बनाएको छ । भारतको पनि ९ अंक नै रहेको छ । यता, बंगलादेशको भने ६ अंक छ । जारी प्रतियोगिताबाट श्रीलंका र भुटान भने बाहिरिसकेका छन् ।

आफ्नो पहिलो खेलमा भारतसँग पराजित नेपाली टोलीले त्यसपछिका तीन खेलमा श्रीलंका, बंगलादेश र भुटानलाई हराउँदै फाईनलमा पुगेको हो । दोस्रो खेलमा श्रीलंकालाई २–० ले हराएको नेपाली टोलीले पछिल्लो खेलमा बंगलादेशलाई ४–१ ले पराजित गरको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *