सागका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रारम्भिक छनोट

बाँके ।  मङ्सिरमा नेपालमा नै आयोजना हुने १३औँ दक्षिण एसियाली खेलकूद (साग) का लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रारम्भिक चरणमा आज ३५ खेलाडी छनोट भएका छन् ।

उमेश पटवाल मुख्य प्रशिक्षक र कप्तान पारस खड्काको छनोट समितिले प्रारम्भिक चरणमा ३५ खेलाडीको नाम सार्वजनिक गरेको हो । नेपाली टोलीको बन्द प्रशिक्षण भने यही भदौ १५ गतेदेखि शुरु हुनेछ ।

प्रारम्भिक टोलीमा पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, वसन्त रेग्मी, राजु रिजाल, जितेन्द्र मुखिया, प्रदीप ऐरी, सुनिल धमला, शौरभ खनाल, ललित सिंह भण्डारी, विक्रम सोब, इशान पाण्डे,मोहम्मद आरिफ शेख, विनोद भण्डारी र करण केसी छन् ।
त्यस्तै सन्दीप जोरा, कुशल मल्ल, रित गौतम, पवन सरार्फ, अमित श्रेष्ठ, किशोर महतो, मोहम्मद आशिफ शेख, सुसन भारी, अनिलकुमार शाह,सन्दीप लामिछाने, ललितनारायण राजवंशी, नन्दन यादव, रोहितकुमार पौडेल, भीम सार्की, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, सागर ढकाल, शाहब आलम र अभिनास बोहोरा छनोटमा परेका छन् । साग खेलकूद आगामी मङ्सिर १५ देखि २४ गतेसम्म सञ्चालन हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *