डुडुवा गाउँपालिकाले ‘ग’ र ‘घ’ वर्गका अपाङ्गतालाई विशेष सुविधा वितरण शुरु


बाँके । बाँके डुडुवा गाउँपालिकाले अपाङ्गता भएकाहरुको ‘ग’ र ‘घ’ वर्गलाई विशेष सेवा सुविधा वितरण शुरु गरेको छ । सरकारले ‘क’ र ‘ख’ वर्गका लागि मात्रै सेवा उपलब्ध गराएपछि अन्यले पनि सेवा सुविधा माग गर्न थालेपछि कार्यपालिकाको बैठकले ‘ग’ वर्गलाई पनि रु ५०० र ‘घ’ वर्गलाई रु ४०० मासिक रुपमा उपलब्ध गराउने निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।

अपाङ्गता अधिकार ऐन २०७४ अनुसार सबै स्थानीय तहलाई अपाङ्गता परिचय पत्र वितरण गर्न दिएको अधिकार अन्र्तगत गाउँपालिकाले परिचय पत्र वितरण गरिरहेको हो । गाउँपालिका उपाध्यक्ष साहिदा बानोको संयोजकत्वमा गठित ११ सदस्यीय अपाङ्गता परिचय पत्र वितरण समन्वय समितिले गरेको निर्णयका आधारमा अपाङ्गता भएकाहरुको स्तर र गम्भीरता पहिचान गरि परिचय पत्र वितरण गरिरहेको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो ।

उक्त समितिमा अहिलेसम्म करिब १३० बढीले परिचय पत्रका लागि निवेदन दिएका छन । निबेदनमध्ये चालु आर्थिक वर्षको साउन महिनामा मात्रै ११० जनालाई परिचय पत्र वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद धितालले बताउनुभयो । उहाँका अनुसार ‘क’ वर्गका १७ जना, ‘ख’ वर्गका २४ जना, ‘ग’ वर्गका ३२ जना र घ वर्गका ३७ जना रहेका छन ।

अहिलेसम्म नेपाल सरकारले ‘क’ र ‘ख’ श्रेणीका अपाङ्गतालाई मात्र सेवा सुविधा उपलब्ध गराउदै आएको छ । ‘क’ र ‘ख’ बाहेक ‘ग’ र ‘घ’ श्रेणीका अपाङ्गता भएकालाई गाउँपालिकाले नयाँ आर्थिक वर्ष २०७६।०७७ देखि क्रमशः रु ५०० र रु ४०० उपलब्ध गराउन थालेको समितिका संयोजक उपाध्यक्ष साहिदा बानोले बताउनुभयो ।

कार्यक्रमका विच २ जनालाई परिचय पत्र वितरण गरिएको छ । सरकारले नयाँ आर्थिक वर्षदेखि ‘क’ श्रेणीका अपाङ्गता भएकालाई रु ३ हजार र ‘ख’ श्रेणीकालाई रु १ हजार ६०० उपलब्ध गराउने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *