प्रदेश नम्बर ५ मुख्यमन्त्री कपमा बाँकेले नवलपरासीलाई ३-१ गोल अन्तरले पराजित

बाँके । प्रदेश नम्बर ५ मुख्यमन्त्री कप प्रदेश लिग फुटबल प्रतियोगितामा बाँकेले नवलपरासीलाई पराजित गरेको छ। दाङको तुलसीपुर उपमहानगरपालिकाकाे बेलझुण्डी रंगशालामा बुधबार भएको बाँके र नवलपरासीबिच भएको खेलमा बाँकेले नवलपरासीलाई ३-१ गोल अन्तरले पराजित गरेको हो। यसका साथै बाँकेले आफ्नो अपराजित यात्रा कायम राखेको छ।

बाँकेको लागि संजीव थापा, विक्रम सिंह ठकुरी र रवि जिएमले १/१ गोल गरे । नवलपरासीका सनम सारु मगरले १ गोल फिर्ता गरे। जितसँगै बाँके लिगको शीर्ष स्थानमा यथावत रहन सफल भएको छ । नेपाल फुटबल संघ एन्फाको आयोजना तथा दाङ जिल्ला फुटबल संघको संयोजनमा दाङमा जारी मुख्यमन्त्री फुटबल प्रतियोगिता लिगमा दाङ, बाँके, बर्दिया, रुपन्देही, नवलपरासी र रोल्पा गरि कुल ६ जिल्लाको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *