सिक्टा सिंचाईको काम छिटो सकिनु पर्छः सुवेदी


बाँके । प्रतिनिधिसभाको कृषि सहकारी तथा प्राकृतिक स्रोत साधन समितिको सभापति एवं बाँकेकी नेतृ पूर्ण कुमारी सुवेदीले सिक्टा सिंचाईको काम छिटो सकेर किसानको खेतमा पानी पुग्ने पर्ने बताउनु भएको छ । नेपालगञ्जमा बुधवार पत्रकारहरुसँग कुराकानी गर्दै सुवेदीले असारमै पानी छोड्ने भने पनि पुरा नभएकोमा दुःख व्यक्त गर्नु भयो ।
‘भत्किएको नहर कसरी बनाउने हो त्यो प्राविधिक कुरा हो । जसरी बनाउनुपर्ने हो बनाएर छिटो भन्दा छिटो किसानको घरखेतमा पानी पुर्याउनुपर्छ ।’उहाँले भन्नु भयो–‘यसका लागि म सरोकारवाला ठाउँमा भन्छु ।’ सुवेदीले पर्यटन मन्त्री योगेश भट्टराईको एक वर्षे कार्ययोजनामा नेपालगञ्ज बिमानस्थल नपरेको बिषयमा आफुले अध्ययन गर्ने बताउनु भयो ।
पर्यटन मन्त्रीले केही दिन अघि सार्वजनिक गरेको कार्ययोजनामा नेपालगञ्ज बिमानस्थलको स्तारेन्न्ती र नेपालगञ्ज–दिल्ली उडानका बारेमा केही उल्लेख नभएको भन्दै यहाँ दुःख मनाउन गरिएको छ । पूर्व पर्यटन मन्त्री स्वर्गीय रबिन्द्र अधिकारीले नेपालगञ्ज बिमानस्थलका बारेमा संसदमै बोलेको स्मरण गराउँदै नेपालगञ्जका पत्रकारहरुले ‘तर अहिले पर्यटनमन्त्रीको कार्ययोजनामा किन नपरेको’ भन्दै सुवेदीको ध्यानार्कषण गराएका थिए ।
‘नेपालगञ्ज बिमानस्थललाई क्षेत्रीयस्तरको बिमानस्थल बनाउने कुरा छ । स्वर्गीय रबिन्द्र अधिकारीले यस बिषयमा संसदमै पनि बोलिसक्नुभएको छ । अहिले किन छुट्न गयो बुझ्छु ।’ सुवेदीले भनिन–‘ यस बिषयमा सबै जनप्रतिनिधिले ध्यानार्कषण गराउँछौ ।’ दुई पटक बाँकेबाट जनप्रतिनिधि निर्वा्चित भइसक्नु भएको सुवेदीले बाँकेको विकासमा आफुहरुको पहुँच पुग्न नसकेको स्वीकार गर्नु । उहाँले भन्नु भयो,–‘अवसर पाएका बेला धेरै कुरा गर्न सक्थ्यौ । तर अहिले त अवसर र पहुँच दुवै नभएको होकी भन्ने लाग्छ । यद्यपी हामी निरन्तर लागिरहेका छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *