७० वर्ष माथीका जेष्ठ नागरिकलाई हवाइ टिकटमा ५० प्रतिशत छुटः मन्त्री भट्टराई

बाँके । पर्यटनमन्त्री योगेश भट्टराईले जनपक्षिय निर्णय गर्नुभएको छ । उहाले अबदेखि ७० वर्षभन्दा माथिका वृद्धवृद्धाले हवाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गर्नुभएको छ ।

मन्त्रालय र मन्त्रालयसँग सम्बन्धित कार्यालयहरूको कार्ययोजना सार्वजनिक गर्न सोमबार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलन मन्त्री भट्टराईले यो निर्णयको घोषणा गर्नुभयो । उहाले पर्यटन वर्ष २०२० लाई सहयोग पुग्ने गरी त्रिभुवन विमानस्थलको व्यापक सुधारको कार्ययोजना पनि सार्वजनिक गर्नुभएको छ । विमानस्थल सुधारसँगै रामेछाप विमानस्थललाई आन्तरिक विमानस्थलको विकल्पका रूपमा प्रयोग गर्न स्तरोन्नति गरिने बताउनु भयो ।

मन्त्री भट्टराईले त्रिभुवन विमानस्थल क्षेत्रमा सरकारले तोकेको संवैधानिक निकायका सम्माननीय उपाधि पाएकालाई मात्रै गाडीसहित जान दिइने पनि बताउनु भयो । जस अनुसार राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुखले गाडीसहित प्रवेश पाउनेछन्। मन्त्री भट्टराईले त्यसक्रममा पशुपति, नेपाल वायुसेवा, लुम्बिनीसहितका प्रमुख क्षेत्र सुधारको कार्ययोजना पनि ल्याउनु भएको छ ।

उहाले नेपाल वायुसेवाका सबै जहाजबाट देश विदेशमा उडान गर्ने गरी काम गर्न लागिएको बताउनु भयो । चीनको गोन्झाउमा उडानका लागि सहमति पत्र प्राप्त भइसकेको जनाउँदै उहाले अन्य देशमा पनि पहल भइरहेको उल्लेख गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *