विद्यार्थीले रेडियो हातेमालोको अवलोकन भ्रमण


बाँके । वाटरपार्क इङ्गिलिस मिडियम बोर्डिङ्ग स्कुलका कक्षा चार र पाँचमा अध्ययन गर्ने विद्यार्थीले रेडियो हातेमालो अध्ययन अवलोकन सोमबार गरेका छन ।

विद्यालयको कोर्षमा अध्ययन गर्नका लागि रेडियो शिर्षक भएकोले सोही अनुसार अध्ययनका लागि उपयुक्त रेडियो स्टेशन हामीले रेडियो हातेमालो चुनेका हौं भन्न हुन्छ विद्यालयका प्रधानाध्यापक जनकराज उपाध्याय । रेडियो नाम अनुसारको रहेकोले हामी पनि हातेमालो निरन्तर रुपमा गरिनरहेन छौं भन्नु हुन्छ प्रधानाध्यापक उपाध्याय । विद्यालयबाट ४८ जना विद्यार्थीले करिब २ घण्टा सम्म रेडियो प्रसारण, कार्यक्रम उत्पादन, समाचार सम्पादन र स्वपरिक्षणका विषयमा अवलोकन गरेका थिए ।

रेडियो हातेमालो एफएम सामुदायिक रेडियो मात्रै नभएर बाँके जिल्ला मै ग्रामिण स्थानमा स्थापना भएको एक मात्रै रेडियो हो । जानकी गाउँपालिकाको वडा नं. ३ मा अवस्थित रेडियोले केवल समुदायका हितमा मात्रै आफ्नो प्रसारण प्राथमिकतामा पारेकोले यस रेडियोमा विद्यालय विद्यार्थी, युवा लगायतका समुदायका मानिस अध्ययनका लागि आउने गरेका रेडियोमा कार्यरत मनोज तमोली बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *