युवाका लागि नेपालगन्ज ट्यालेन्ट हण्ट


बाँके । नेतृत्व अ क्रिएटर संस्थाको आयोजनामा नेपालगन्जमा युवाहरुमा रहेका प्रतिभाको प्रोत्साहन गर्नका लागि नृत्य, गायन र मोडलिङ्गलाई समेट्दै नेपालगन्ज ट्यालेन्ट हण्ट कार्यक्रम सञ्चालन भईरहेको छ ।
गत साउन ३१ गते भएको अडिसनमा नृत्यमा १३ जना, गायनमा ११ जना र मोडलिङ्गमा १२ जना छनौट भएका थिए । छनौट भएकाहरुको तयारीकक्षाहरु सम्बन्धीत क्षेत्रमा नेपालगन्जमा ख्यातीप्राप्त प्रशिक्षकहरुबाट प्रशिक्षण भईरहेको आयोजक संस्थाले जनाएको छ । कार्यक्रम अन्तरगत गायन प्रतियोगीताको सेमिफाइनल यहि १३ गते, नृत्य प्रतियोगीताको सेमिफाइनल १४ गते विहान १० बजे देखि र मोडलिङ प्रतियोगीताको सेमिफाइनल १४गते साँझ ५ बजेदेखि नेपालगन्जको वि.पि. चोक स्थित सि.एस.टि होटल एण्ड पार्टी प्यालेस्मा हुने आयोजक संस्थाले जनाएको छ ।
यस कार्यक्रममा हाम्रो समाचार राष्ट्रिय दैनिक र रेडियो हातेमालो एफ.एम. ९२.१ मेगाहर्जले सञ्चार क्षेत्रबाट योग्दान पुर्याइरहेको नेतृत्व अ क्रिएटरका संयोजक बसन्त बस्नेतले जानकारी दिनु भयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *