बाँकेको हवल्दारपुरमा भाद्र १३ देखि २३ गतेसम्म कृषि गरिदै

बाँके । बाँकेको कोहलपुरमा पहिलो पटक कृषि व्यापार तथा तीज महोत्सव आयोजना गरिने भएको छ । कोहलपुर नगरपालिका वडा नं. १४ मा रहेको हवल्दापुर कृषि उपज बजार समितिको आयोजनामा भाद्र १३ गतेदेखि २३ गतेसम्म कृषि महोत्सव संचालन गर्न लागिएको हो ।

महोत्वसको तयारीका बारेमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै हवल्दापुर कृषि उपज बजार समितिका अध्यक्ष नर बहादुर खत्रीले महोत्वसको प्रमुख लक्ष्य स्थानिय उत्पादनको प्रवद्र्धन गर्नु रहेको बताए । साथै महोत्सवले कोहलपुर नगरवासीलाई कृषिमा आत्मानिर्भर बन्न प्रोत्सान गर्ने खत्रीले विश्वास ब्यक्त गर्नु भयो।

खत्रीले कोहलपुर नगरपालिका वडा नं. ७, ८, ९, १४ र १५ लाई कृषिको पकेट क्षेत्र बनाउन र हवल्दापुर कृषि उपज बजारको विस्तार गर्नका लागि महोत्सवको आयोजना गर्न लागिएको बताए । उक्त महोत्सवमा ५० देखि १०० वटा स्टलहरु रहने आयोजकले जनाएको छ ।  महोत्सव सञ्चालनकालागि २० लाख खर्चको अनुमान गरिएको बताउँदै खत्रीले महोत्सवलाई भव्य रुपमा सम्पन्न गर्नका लागि स्थानिय सरकार, जनप्रतिनिधि, शिक्षा प्रेमी, उद्योगि, व्यापारीसँग समन्वय गरिएको बताउनु भयो ।

महोत्सवमा प्रवेश शुल्कको ब्यवस्था रहेपनि अहिलेसम्म मुल्य निर्धारण नगरिएको बताउँदै अध्यक्ष खत्रीले जिलामै पहिलो पटक संचालन गर्न लागिएको कृष्णी महोत्सव अवधिभर राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहने  बताउनु भयो।काँचुली खबरबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *