बाँकेमा प्रदेश सरकारकाे सहयोगमा मिट मार्ट संचालन

बाँकेको नेपालगन्जमा अत्याधुनिक मिट मार्ट संचालनमा आएको छ । जय माता वागेश्वरी ईन्भेष्टमेन्ट कम्पनी र एम्मी फ्रोज फुड्सद्धारा स्थानीय विपी चोक नजिकैप्रदेश कृषि मन्त्रालयको ५० लाख र व्यवसायीहरुको ७५ लाख गरेर १ करोड २५ लाखको लगानीमा सञ्चालन गरिएको  हो ।

मंगलवारदेखि संचालनमा आएको मिट मार्टको प्रदेश नं. ५ कृषि, सहकारी तथा भूमि व्यवस्था मन्त्री आरती पौडेलले उद्घाटन गर्नु भएको हाे । मिट मार्टको उद्घाटन गर्दै मन्त्री पौडेलले स्थानीय किसानले उत्पादन गरेका खसी र कुखुरा खपत गर्ने उद्धेश्यले मिट मार्टको अवधारण ल्याईएको बताउनु भयाे । पछिल्लो समय भारतबाट ल्याईएका खसी र कुखुराले गर्दा स्थानीय किसानले उत्पादन गरेका खसी र कुखुराले बजार नपाएको भन्दै मन्त्री पौडेलले स्थानीय उत्पादनलाई प्राथमिकतामा राख्न मिटमार्टका संचालकहरुलाई आग्रह गर्नु भयाे

किसानको उत्पादनलाई बजारमा स्वच्छ मासु उपलव्ध गराउने र उत्पादन भएका पशुबस्तुहरुको बजारीकरण सहज रुपमा होस भन्ने हेतुले प्रदेश ५ को कृषि मन्त्रालयले मिटमार्टको योजना ल्याएको मन्त्रि पौडेलको भनाई छ । जिउँदो खसि बोका, कुखुराहरु ढुवानि गर्दा त्यसको तौल घट्नुका साथै विभिन्न झमेला हुने हुदाँ प्रशोधित मासु नेपालगन्जबाटै उत्पादन गरी विक्रि वितरण गर्न सहज होस भन्ने हेतुले यस्तो अवधारण ल्याइएको मन्त्रि पौडेलले प्रष्ट पार्नु भयाे ।

नेपालगन्ज उपमहानगरका मेयर डा. धवल शमसेर राणाले यस्ता अत्याधुनिक मिटमार्ट सञ्चालनमा आउँदा स्थानीय किसानको उत्पादन खपत हुनुका साथै जनताले सफा, स्वच्छ र शुद्ध मासु खान पाउने बताउनु भयो ।

सोही अवसरमा बोल्दै कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर रावत, जय माता बागेश्वरी इन्भेष्टमेन्ट प्रालिका अध्यक्ष निरन्जन राजभण्डारी र वरिष्ठ पशु चिकित्सक हरि बहादुर कुँवरले मासुको माग बढ्दै गएको अवस्थामा संचालनमा आएका मिटमार्टबाट यस क्षेत्रका किसान र उपभोक्ता दुबै लाभान्वित हुने बताउनु भयो  ।

मार्टका संचालक  श्रेष्ठले यहाँ उत्पादन गरीएका मासुजन्य पदार्थ बाँके जिल्लाका अलावा पहाडी क्षेत्रमा समेत निर्यात गर्ने योजना रहेको बताउनुु भयााे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *