डुडुवा अध्यक्ष कप टि२० क्रिकेटको उपाधी वडा नं. २विजयी


बाँके । बाँकेको डुडुवा प्रथम अध्यक्ष कप टि—२० क्रिकेट प्रतियोगिताको उपाधी वडा नं. २ ले हात पारेको छ । गाउँपालिका वडा नं. ५ स्थित छग्राहवा खेल मैदानमा आज भएको फाइनल खेलमा वडा नं. २ ले बाजी मारेको हो ।
शुुरुमा ब्याटिङ्ग गरेको वडा नम्बर २ ले वडा नम्बर ३ लाई १४३ रनको टारगेट दिएको थियो । त्यसमा वडा नम्बर ३ ले ११८ रन मात्र बनाउन सफल भएपछि वडा नम्बर २ ले २५ रनले जित हासिल गरेको गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख सञ्जय कर्णले जानकारी दिनुभयो ।
प्रतियोगिताको उपाधी जित्ने टिमलाई गाउंपालिका अध्यक्ष नरेन्द कुमार चौधरीले नगद रु ५० हजार सहित कप प्रदान गर्नुभयो । यसैगरि प्रतियोगितामा दोस्रो स्थानमा आउने टिमलाई उपाध्यक्ष साहिदा बानोले रु ३० हजार नगद प्रदान गर्नुभयो । यसका साथै अन्य खेलाडी तथा प्रशिक्षकहरुलाई पुरस्कार, प्रमाणपत्र, र शिल्ड वितरण गरिएको थियो ।
प्रतियोगिताको समापन समारोहमा बोल्दै गाउँपालिका अध्यक्ष चौधरीले गाउँपालिका स्तरमा खेल प्रशिक्षण, कोच र खेल मैदानको व्यवस्थापन गरि खेल क्षेत्रको विकासका लागि विशेष कार्यक्रम ल्याउने बताउनुभयो । उहाँले ग्रामिणस्तरमा खेलकुद क्षेत्रको विकाससंगै नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ खेल प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो ।
कार्यक्रममा उपाध्यक्ष बानो, वडा नं. का वडाध्यक्ष भण्डारीलाल यादव, वडा नं. २ का वडाध्यक्ष गजेन्द्र कैराती, कार्यपालिका सदस्य लिलावती यादव, शिक्षा शाखा प्रमुख कर्ण लगायतले बोल्नुभएको थियो । गत साउन २८ गतेदेखि शुरु भएको प्रतियोगितामा १ देखि ६ वटा वडा कार्यालय गरि ६ वटा समुहको सहभागिता रहेको शिक्षा युवा तथा खेलकुद शाखाका प्राविधिक सहायक सन्तोष गुप्ताले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *