मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय बुटवलले मातहत कार्यालयको अनुगमन

बाँके । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश नं ५, बुटवलले आफू मातहतका कार्यालयहरुको अनुगमन तथा निरिक्षणमा तिव्रता दिएको छ । सोही क्रममा भदौ  २ गते बुटवलमा रहेका शिक्षा निर्देशनालय र कृषि निर्देशनालयको छड्के गरेको छ ।

मुख्यमन्त्री कार्यालयबाट खटिएको टोलीले विहान १० बजे देखि १०:३० सम्म उक्त कार्यालयहरुको छड्के गरेको हो । छड्केको क्रममा कृषि विकास निर्देशनालयमा २१ जना कर्मचारीमध्ये ६ जना अनुपस्थित रहेको देखियो । उपस्थित अन्य सबै कर्मचारीहरु कार्यालय समयभित्रै उपस्थित भएको र ड्रेसमा समेत रहेको पाइयो । त्यस्तै शिक्षा निर्देशनालयका २३ जना कर्मचारीमध्ये १३ जना कर्मचारीहरु कार्यालयको पूर्वस्वीकृत लिएर एसइई को पुरक परिक्षाको लागि विभिन्न १२ वटा जिल्लामा खटिएको पाइयो । अन्य सबै कर्मचारी नियमित समयमै उपस्थित रहेको पाइयो ।

मुख्यमन्त्री कार्यालयले आफू मातहतका कार्यालयहरुको निरन्तर अनुगमन र छड्के गर्न थालेपछि प्रदेश मातहतका कार्यालयहरुमा कर्मचारीहरुको उपस्थितीमा सुधार आएको छ । यसबाट सेवाप्रवाहमा सुधार हुदै गएको र कर्मचारीहरुपनि कामप्रति संवेदनशिल हुदै गएको देखिएको छ। केहि दिन आगाडी मुख्यमन्त्री कार्यालयले बुटवलमा रहेका यातायात कार्यालयहरुको छड्के गरेको थियो ।

छड्के तथा अनुगमन कार्यलाई निरन्तरता दिने र कार्यालयहरुलाई नमुना बनाउने दिशामा मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका सुचना अधिकारी यमकान्त पाण्डेयले जानकारी गराउनु भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *