सांसद यादवको राजीनामा फिर्ता

बाँके । सप्तरी १ का प्रत्यक्ष निर्वाचित सांसद सूर्यनारायण यादवले दिनु भएको  राजीनामा फिर्ता लिनु भएको छ । उहाँले आइतबार राजीनामा फिर्ता लिएका समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरबरियाले जानकारी दिनु भयो ।

सांसद यादवले स्वास्थ्य कारण देखाउँदै २७ साउनमा संसद सचिवालयमा राजीनामा बुझाउनु भएको थियोे  । तर समाजवादी पार्टीले सांसद यादवलाई राजीनामा फिर्ता लिन आग्रह गरेको थियो ।

पार्टी संसदीय दलमा राजीनामा दिनुपर्नेमा संसद सचिवालयमा बुझाएकाले स्वीकृत हुने अवस्था नरहेको र पार्टीको आग्रहमा फिर्ता लिएको समाजवादी पार्टीका प्रमुख सचेतक अरबरियाले बताउनु भयो  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *