डुडुवा गाउँपालिका अध्यक्ष कप टि२० क्रिकेट प्रतियोगिताको फाईनलमा वडा नं. २ र ३ भिड्ने

बाँके । बाँकेको डुडुवा गाउँपालिका स्तरिय प्रथम अध्यक्ष कप टि—२० क्रिकेट प्रतियोगिताको फाईनलमा वडा नं. २ र ३ भिड्ने भएका छन ।
गाउँपालिका शिक्षा शाखाद्धारा आयोजित डुडुवा—५ छग्रहवाको खेल मैदानमा जारी क्रिकेट प्रतियोगितामा आज शनिबार भएको सेमीफाइनल खेलमा वडा नंं २ र वडा नं. ३ विजयी भएका हुन । पहिलो खेलमा वडा नं. ६ ले टस जितेर व्यटिङ गर्ने निर्णयमा पुग्दा निर्धारित १५ ओभरमा ७ विकेटको क्षतिमा १०४ रन बनाएको थियो, भने वडा नं. ३ ले ९ दशमलव ५ बलमा १० विकेट र १०६ रन बनाएको थियो ।
यसैगरि दोस्रो खेलमा वार्ड नं. २ ले पहिलो व्याटिङ गरेको थियो भने १९ दशमलव १ बलमा १० विकेटको क्षतिमा १६५ रन बनाएको थियो । यस्तै वडा नं. ५ ले व्याटिङ गर्दा ११ दशमलव २ बलमा १० विकेटको क्षतिमा ४२ रन बनाउन सफल भएको थियो । पहिलो खेलमा रियाजुद्दिन खान र दोस्रो खेलमा निजामुद्दिन खान म्यानअफ दि म्याच घोषित भएका थिए ।
प्रतियोगिताको फाइनल खेल पर्सी सोमबार हुने गाउँपालिकाले जनाएको छ । गत साउन २८ गतेदेखि शुरु भएको प्रतियोगितामा १ देखि ६ वटा वडा कार्यालय गरि ६ वटा समुहको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम हुनेलाई रु ५० हजार नगद र दोस्रो हुनेलाई रु ३० हजार नगद प्रदान गरिने गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । उहाँका अनुसार ग्रामिणस्तरमा खेलकुद क्षेत्रको विकाससंगै नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *