निर्माण व्यवसायीले समयमै कार्य सम्पन्न गर्नुपर्छ: मुख्यमन्त्री पाेखरेल

बाँके । प्रदेश  सरकारले समयमै काम सम्पन्न गर्न नसक्ने निर्माण व्यवसायीको लाइसेन्स खारेज सम्म गर्ने कानुन बनाउने मुख्यमन्त्री शंकर पाेखरेलले बताउनु भएको छ ।

बबई गाउँपालिकाको सभा हल उद्घाटन गर्न गृह जिल्ला दाङ  मुख्यमन्त्री पोखरेलले एउटै निर्माण व्यवसायीले धेरै ठाउँमा ठेक्का लिएर विकास निर्माणका काम अस्तव्यस्त पारेको भन्दै त्यसलाई नियमन गर्न प्रदेश सरकार कडा रुपमा प्रस्तुत हुने बताउनु भयो ।

मुख्यमन्त्री पोखरेलले प्रदेश सरकारले समयमै काम सम्पन्न गर्न नसक्ने ठेकेदारको लाइसेन्स खारेज गर्ने कानुन ल्याउन लागेको जानकारी दिनु भयाे । पैसाका अभावका कारण कुनै पनि विकास निर्माणका कार्यक्रम नरोकिने बताउँदै उनले २० बर्षदेखी अलपत्र परेको दाङ–सुर्खेत सडकखण्डको स्तरउन्नती अब द्रुत गतिमा अघी बढ्ने बताउनु भयाे ।

मुख्यमन्त्री पोखरेलले कम्युनिष्ट सरकारले विकासमा चालेको कमदले प्रतिपक्ष दल काँग्रेस आत्तिएको समेत बताउनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *