बाल विवाह र महिला हिंसा न्युनीकरणका लागि नाटक

बाँके । कचहरी नाटकद्धारा बस्ती बस्तीमा बाल विवाह र महिला हिंसा न्युनिकरणका लागि अभियान संचालन भैरहेको छ ।

पछिल्लो समयमा बालविवाह र महिला हिंसा, मानव वेचविखनका घटना अत्याधिक बढेपछि स्थानिय स्तरमा कचहरी नाटकले प्रभावकारी भुमिका खेलेको स्थानियहरुले बताउएका छन् । महिला र बालवालिकाका लागि हुने हिंसा अन्त्यका लागि कचहरी नाटक अति भो शिर्षकको नाटक बाँकेका विभिन्न स्थानमा संचालनमा रहेको छ । अक्सफाम नेपाल तथा स्याक नेपाल बाँकेको साझेदारीमा सञ्चालित महिला तथा बालिका बिरुद्ध हुने हिसा अन्त्यका लागी अभियान अन्र्तगत राप्ती सोनारी गाउपालिका र डुडुवा गाउँपालिकाकामा १८ स्थानमा कचहरी नाटक प्रर्दशन भैसकेको छ । अक्सफाम नेपाल तथा स्याक नेपाल बाँकेको साझेदारीमा सञ्चालित महिला तथा बालिका बिरुद्ध हुने हिसा अन्त्यका लागी अभियानका कार्यक्रमका संयोजक रामकुमारी चौधरीले बताउनुभयो । बाँकेको डुडुवा गाउँपालिका र राप्ती सोनारी गाउँपालिकाको ७ वटा वडामा ३० पटक कचहरी नाटक देखाउने उद्देश्य रहेको कार्यक्रम संयोजक चौधरीले बताउनुभयो । हरेक वडामा ६÷६ वटाका दरले हालसम्म राप्ती सोनारी गाउँपालिकामा १२ वटा र डुडुवा गाउँपालिकामा ६ वटा गरि १८ वटा कचहरी नाटक प्रदर्शन गरिसकेको कार्यक्रम संयोनक चौधरीले भन्नुभयो ।

महिला र बालिका विरुद्ध हुने हिंसा अन्त्यका लागि अभियान कार्यक्रम अन्तरगत कचहरी नाटकबाट महिला कसरी हिंसामा पर्छन, सानो उमेरमा बालविवाह किन गरिन्छ, बालविवाह र महिला हिंसा विरुद्ध कसरी सचेत गराउन सकिने उद्देश्यका साथ कचहरी नाटकले ठुलो योगदान गरिरहेको स्थानियबासीको भनाई छ । नाटकले स्थानिय निकायमा प्रभावकारी भुमिका खेलेको हुनाले बालविवाह र महिला हिंसा भनेको के हो यसले कत्तिको प्रभाव पार्छ भन्ने विषयमा जानकार भैसकेको हुनाले स्थानिय समुदायमा भएको वादविवादलाई समझदारीको हिसावले मिलाउन सफल भएको उनिहरुको भनाई छ । विगत ३ बर्षदेखि कचहरी नाटक प्रदर्शन गर्दै आएको हुनाले यसले स्थानिय निकायमा सकरात्मक प्रभाव पारेको कचहरी नाटकका सुत्रधार कृष्ण गिरीले बताउनुभयो । नाटकले गर्दा विद्यालयबाटै बालविवाह गर्ने प्रबृत्ति कम हुदै गएको नाटकका सुत्रधार गिरीले बताउनुभयो ।

कचहरी नाटकले गर्ने मुख्य विषय आउने समस्यालाई समुदायले पहिलो चरणमै समस्याको समाधान गरिनुपर्ने पाठ सिकाउने गरेको सुत्रधार गिरीले भन्नुभयो । नाटक स्थानीय सवालहरु समेटेको हुनाले महिला हिसाँ तथा बाल बिवाह न्युनिकरणमा उल्लेखनिय भुमिका खेल्न सक्ने कुरामा आफु बिश्वस्त रहेको राप्ती सोनारी वडा नं.५ कि समाजसेवी मिठु देवी बस्नेतले बताउनुभयो । महिला हिसाँ तथा बाल बिवाह न्युनिकरणका लागी सक्रियता पुर्वक लाग्ने प्रतिबद्धता उहाँले गर्नु भयो । कचहरी नाटक स्थानिय कलाकार तथा स्थानिय स्तरमा रहेको सवालमा आधारित भएर तयार पारि प्रर्दशन गरिएको हुनाले सबैले मन पराइको र सल्लाह सुझाव पनि राम्रो आएको कलाकार हेमा पाण्डेले भन्नुभयो ।

पहिले पहिले नाटकमा भाग लिन डराउने र बोल्न नसक्ने जस्तो महसुस भएको थियो अचेल सहजै प्रदर्शन गर्न सक्ने भएको कलाकार पाण्डेले बताउनुभयो । नाटकले स्थानिय सरोकारवालाहरु लगायत दर्शकहरुको उपस्थिती उल्लेखनिय रहनुका साथै महिला हिसाँ तथा बाल बिवाह घटनाहरुमा कमी आएको स्थानिय अगुवाहरुको भनाई छ । नाटक प्रर्दशन गरिएका गाउँ टोलका स्थानियले खुसीका साथ नाटक हेर्ने र रमाउने गरेको कार्यक्रम संयोजक चौधरीले भन्नुभयो ।

२० बर्ष उमेर नपुगि बिवाह नगर्ने नगराउने स्थानियले प्रतिबद्धता समेत जनाएको संंयोजक चौधरीले भन्नुभयो । महिला तथा बालिका बिरुद्ध हुने हिसा अन्त्यका लागी कचहरी नाटकले खेलेको भुमिका सह््रायिन रहेको स्थानियको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *