मुख्यमन्त्री पाेखरेलले सचेतक ढकालको घरमा भएको घटनाको अवलोकन

बाँके । प्रदेश नं. ५ नेकपा  प्रदेशसभाका प्रमुुख सचेतक भूमिश्वर ढकालको घरमा बम प्रहार भएको घटनाको आज विहान मुख्यमन्त्री शंकर पोखरेलले प्रमुख सचेतक ढकालको घरमा पुगेर बुबाआमा सहित परिवारका सदस्य र स्थानीय बासिन्दालाई भेट गरी घटनाको बारेमा जानकारी लिनु भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका लोकप्रिय नेता, प्रदेश नम्बर ५ प्रदेशसभा नेकपा संसदीय दलका प्रमुख सचेतक भुमिश्वर ढकालको रुपन्देही, सैनामैना नगरपालिका वडा नम्बर ८ रामापुर कलौनीस्थित घरमा गएराति बम प्रहार गरी भएको आक्रमण निन्दनीय छ ।

आक्रमणबाट उहाँ चढ्न गाडी र घरमा क्षति पुगेको छ । यो आततायी आक्रमणको प्रदेश सरकारको गंभीर ध्यानाकर्षण भएकाेे छ ।

प्रमुख सचेतक ढकाल बिरामी भएकाले दुई दिनदेखि काठमाडौंमा उपचारत हुनुहुन्छ । मुख्यमन्त्री पाेखरेलले घटनामा संलग्न व्यक्तिहरुलाई पक्राउ गरी थप कारवाही अघि बढाउन सुरक्षा निकायलाई निर्देशन दिइसकेको र छिट्टै आक्रमणकारी पक्राउ पर्ने विश्वास दिलाउनुभएको छ ।
यो घटनाबाट हतास र बिचलित नबन्न मुख्यमन्त्री पाेखरेेेेेलले ढकाल परिवार सहित सैनामैनाबासी स्थानीय बासिन्दालाई आश्वस्त पार्नु भएकाेे प्रेेससल्लाहकार शेरबहादुर केेेसीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *