जनै पूर्णिमा अर्थात रक्षा बन्धनका अवसरमा जीवन ज्याेती बिद्यालयले सार्वजनिक विदा

बाँके । जनै पूर्णिमा अर्थात रक्षा बन्धनका अवसरमा बाँकेको जीवन ज्याेती बिद्यालयले पठन पाठन नहुने र सार्वजनिक विदा गरेकाे छ ।
जनै पूर्णिमा अर्थात रक्षा बन्धन बिहीबार परेकाे छ । यस पर्वमा त बजारमा उपभोक्ताहरुको भीड बढेको छ ।
तराईका दिदीबहिनीहरू दाजुभाईको लागि राखी (रक्षा बन्धन) सहित उपहार, मिठाई लगायतका सामग्री खरिद गर्न गरिन्छ ।
तराई मधेशमा रक्षा बन्धनलाई बिशेष रुपमा मनाईने गरिन्छ । यस दिन दिदीबहिनीले दाजु भाईको हातमा राखी बाध्ने परम्परा रहेको छ । जनै पूर्णिमाको अवसरमा देश विदेशमा रहने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीमामा शुभकामना व्यक्ति गर्दै हर्षोउल्लासका साथ पर्व मनाउने गरिन्छ ।

मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरूले यजमानको नाडीमा बाँधिदिने गरिन्छ। नेपालको तराई क्षेत्रमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइन्छ। यसबाट दिदीबहिनी र दाजुभाइबीच प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *