गुल्मीका ५ वटा स्थानीय तहले रक्षा बन्धनको अवसरमा सार्वजनिक बिदा

बाँके । गुल्मीका ५ वटा स्थानीय तहले रक्षा बन्धनको अवसरमा सार्वजनिक बिदा दिएका छन्। जिल्लामा रहेका २ नगरसहित १० वटा गाउँपालिकामध्ये ५ गाउँपालिकाले   सार्वजनिक सूचना जारी गरेर बिदा दिने निर्णय गरेका हुन्।
बिहीबार साउन ३० गते परेको रक्षा बन्धनको अवसरमा रुरु गाउँपालिका, सत्यवति गाउँपालिका, चन्द्रकोट गाउँपालिका, छत्रकोट गाउँपालिका र गुल्मी दरवार गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेका हुन्। गाउँपालिकाले बुधबार सार्वजनिक सूचनामार्फत सार्वजनिक बिदा दिने निर्णय गरेका छन्।
जिल्लाका अन्य स्थानीय तहले भने बिदा दिएका छैनन्। साउन शुक्ल पूर्णिमाका दिनमा मनाइने उपाकर्म, ऋषितर्पणी र रक्षाबन्धन विधिपूर्वक स्नान, ऋषि तर्पण र हातमा डोरो बाँधी मनाइँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *