साउनकाे साेमबारे वर्तकाे अन्तिम दिन

बाँके । आज साउन महिनाको अन्तिम सोमबार, साउने सोमबारको व्रत बसेका भक्तजनहरु नजिकको शिव मन्दिरमा पूजाआजा गरेर व्रत समापन गरिदै छ।
 हिन्दू नारीहरूले साउन महिनाको पहिलो सोमबारदेखि व्रत बस्ने गर्दछन् भने महिनाको अन्तिम सोमबार शिव मन्दिरमा गएर पूजाआजा गरी आफ्नो एकमहिने व्रत समापन गर्दछन्।
नेपालगन्जकाे बागेश्वरी मन्दिरमा विहानै देखि पुजा गर्नेकाे घुईचाे लागेको छ । यसका साथै  पशुपति मन्दिरलगायत देशभरका शिवालयमा बिहानैदेखि भक्तजनाको भिड लागेको थियो।
साउन महिनाको हरेक सोमबार व्रत बसेका भक्तजनले आज व्रत समाप्त गर्दछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *