सल्यानमा भरुवा बन्दुक सहित २ जना पक्राउ

बाँके । जिल्ला प्रहरी कार्यालय सल्यानले भरुवा बन्दुक सहित २ जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा गएको सशस्त्र प्रहरी र जनपथ प्रहरीको संयुक्त टोलीले कालीमाटी गाउँपालिका – ५ बालुवा मनिकापुरबाट ७० बर्षका चन्द्र बहादुर रोका र सोही ठाउँ निबासी ६७ बर्षका टेक बहादुर कुमालाई भरुवा वन्दुक सहति पक्राउ गरको हो ।

प्रहरीले उनिहरुको साथबाट अबैध एक थान भरुवा बन्दुक र ४ थान नाल पनि बरामद गएिको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख वीरेन्द्रबहादुर शाहीले जानकारी दिए । पक्राउ परेका दुबैजनलाई हातहतियार खरखजना सम्बन्धी मुद्दा चलाईने प्रहरीले बताएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *