प्रदेश ५ सरकारले कर इदका अबसरमा साेमबार सार्वजनिक विदा

बाँके । प्रदेश ५ सरकारले मुस्लिम समुदायको  सोमबार परेको प्रमुख चाड बकर इदका दिन सार्वजनिक विदा दिने भएको छ।

बकर इद बिदा सम्बन्धी निर्णय प्रदेश राजपत्रमा बैशाख १२ गते नै प्रकाशित छ । संघीय सरकारले तोके बाहेक प्रदेश पाँचमा बकर इदसहित माघी र माघे संक्रान्तिमा (दुई दिन) तथा प्रदेश स्थापना दिवसमा फागुन ३ गते पनि सार्वजनिक विदा दिने निर्णय छ ।

यसवाहेक स्थानीय तहको निर्णयबाट एक दिन र भुमे पूजा, बड्का अटवारी पर्व, रमजान लगायतमा निश्चित समुदायलाई मात्रै बिदाको व्यवस्था गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *