नरैनापुरमा ६ सय वृक्षारोपण

बाँके । बाँकेको नरैनापुर गाउँपालिकाको गौशालामा आज (आइतबार) बृक्षारोपण गरिएको छ ।

वडा नम्बर ५ को मोतिपुरस्थित गौशाला क्षेत्रमा गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहको नेतृत्वमा साढे ६ सय विरुवा रोपिएको हो । अमलाका पाँच सय र जामुनका डेढ सय विरुवा रोपिएको अध्यक्ष शाहले बताउनुभयो । गाउँपालिकामा २० हजार विरुवा रोप्ने लक्ष्य लिएर गाउँपालिकाले बृक्षारोपणलाई तिब्रता दिएको छ । सरकारी कार्यालय, सरकारी विद्यालय, सामुदायिक वन, सार्वजनिक ठाउँ र सडक छेउँछाउँ बृक्षारोपण गरिने अध्यक्ष शाहले जानकारी दिनुभयो ।

गाउँपालिकालाई हरियाली र स्वच्छ बनाउन बृक्षारोपणलाई प्राथमिकता दिइएको प्रमुख प्रशाकीय अधिकृत दलबहादुर बस्नेतले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *