दाङको बंगलाचुली गाउँपालिकाकाे गाडीमा आगजनी

बाँके । दाङको बंगलाचुली गाउँपालिका अध्यक्ष चढ्ने गाडीमा अज्ञात समूहले आगजनी गरेको छ । गए राति करिव १२:४५ को समयमा आगजनि भएको हुन सक्ने अनुमान गरिएको छ ।

आगजनीबाट रा १ झ १५२ नम्बरको गाडी पूर्ण रुपमा जलेर नष्ट भएको छ । गाडीमा लागेको आगो ईलाका प्रहरी कार्यालय कमिरेचौरले र स्थानीयहरुले नियन्त्रणमा लिएका छन् ।

प्रहरी कार्यालयका सई गोपालप्रसाद शर्माको कमाण्डमा खटिएको प्रहरी टोली र स्थानीयले नियन्त्रणमा लिएको शई शर्माले बताउनु भयो ।

गाडी बंगलाचुली गाउँपालिका वडा नं ५ को कार्यालय प्राङ्गण मुर्कुटीमा पार्किङ गरी राखिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *