ट्याङ्करले ठक्करले रुपैडिहामा २ जना महिलाको निधन

नेपालगन्ज । नेपाली ट्याङ्करले ठक्कर दिदा रुपैडिहामा २ जना महिलाको ज्यान गएको छ । शुक्रबार घरायसी सामग्री खरिदकालागि भारतीय सिमा बजार रुपैडिहा पुगेका बाँके कोहलपुरका २ नेपाली महिलाहरुलाई ट्याङकरले ठक्कर दिएको हो ।

रुपैडिहाबाट नेपालगन्ज फर्कदैं गरेको अवस्थामा आशा सिंह भट्टराई र जुनु थपलिया सवार भे ४ प ३८२४ नम्बरको मोटरसाईकललाई नेपाली समय अनुसार बेलुका ४ बजेतिर ट्याङकरले ठक्कर दिएको रुपैडिहा पुलीसले जनाएको छ । ठक्करबाट मोटरसाईकल चालक भट्टराईको घटनास्थलमै ज्यान गएको थियो भने थपलियाको उपचारका क्रममा मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ ।

ठक्कर दिएलगत्तै ट्याङ्करले किचेका कारण आशाको ज्यान गएको स्रोतले जनाएको छ । रुपैडिहा पुलिसले ट्याङकरको चक्का (पाङ्ग्रा) निकालेर भट्टराईको शव बाहिर निकालेको थियो । मृतक दुबैलाई पोष्टमार्टमकालागि भारतको बहराईच लगिएको छ ।

घटनाको बाँके प्रहरीले पुष्टि गरेको छ । घटना स्थल भारतमा पर्ने भएकाले घटनासम्बन्धि सम्पूर्ण कारबाहि प्रक्रिया भारतीय प्रहरीकै मातहतमा रहने जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *