नेपाल संस्कृत विश्वविद्यालयको अनुसन्धान केन्द्र दाङबाट सञ्चालन हुने

बाँके । नेपाल संस्कृत विश्वविद्यालयको अनुसन्धान केन्द्र दाङबाट सञ्चालन हुने भएको छ । दाङमा कार्यालय स्थापना गरेर पनि लामो समयदेखि अन्यौलमा रहेको केन्द्र दाङबाट सञ्चालन गर्ने गरी कर्मचारी खटाएको विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.मेश ढकालले जानकारी दिनुभयो ।

२०७५ जेठ १० गतेको मन्त्रीपरिषद्को निर्णयअनुसार नेपाल संस्कृत विश्वविद्यालयका सम्पूर्ण विभाग र सम्पर्क कार्यालय केन्द्रीय कार्यालयमै स्थानान्तरण गराउने निर्णय अनुसार बेलझुण्डीस्थित केन्द्रीय कार्यालयमै बोर्ड टाँसिएको थियो । विभिन्न वाहाना देखाउदै अनुन्धान केन्द्रका निर्देशक प्राध्यापक डाक्टर काशिनाथ दाहालले वाम्मिकि विद्यापीठ काठमाडौँबाटै अनुसन्धान केन्द्रको कार्य सम्पादन गर्दै आउनुभएको थियो ।

नागरिक समाज, मानव अधिकारकर्मी, पत्रकारलगायत जिल्लाका सरोकारवाला निकायहरुको दवावका कारण आज आइतबार केन्द्रको बैंक खाता बन्द गरेर नयाँ कर्मचारी खटाइएको शिक्षाध्यक्ष ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार दाङबाट केन्द्रको कार्यसम्पादन गर्ने गरी ४ जना कर्मचारी खटाइएको छ । जसमा लेखा अधिकृत उत्तम पोख्रेलसहित कर्मचारी विना विसी, राधा पराजुली र रेशम रावतलाई अनुन्धान केन्द्रमा खटाइएको शिक्षाध्यक्ष ढकालले जानकारी दिनुभयो ।

विभिन्न निकायबाट ती कार्यालयहरु बेलझुण्डीमै स्थानान्तरणका लागि पटक–पटक ताकेता गर्दा पनि विश्वविद्यालय प्रशासनले कार्यान्वयन गराउन आनाकानी गरिरहेको थियो । हाल अनुसन्धान केन्द्रबाट चार सय जनाले अजुसन्धान पिएचडि गर्दैछन् । गत वर्ष ५० जनाले आवेदन दिएको र यस वर्ष ७० जनाले आवेदन दिएका छन् ।

अनुसन्धान केन्द्रसँगै केन्द्रीय कार्यालय बेलझुण्डीमा रहेको अन्तर्राष्ट्रिय महाशाखा पनि काठमाडाँै सारिएको थियो । अनुसन्धान केन्द्रबाट विश्वविद्यालयमा पढाई हुने आयुर्वेद विषय बाहेक संस्कृततर्फ व्याकरण, साहित्य, न्याय, ज्योतिष, धर्मशास्त्र विषयका साथै आधुनिक विषयहरु नेपाली, अङ्ग्रेजी, अर्थशास्त्र, पत्रकारिता विषयमा पिएचडि हुँदै आइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *